मुस्तांग, कार्तिक-२८, मुस्ताङको थासाङ गाउँपालिकामा आइतबार बिहान गएको हिमपहिरोबाट घाइते हुनेको संख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार आइतबार बिहान करिब ११ बजे धौलागिरि हिमशृङखलाबाट सुरु भएको ठूलो हिमपहिरो थासाङ गाउँपालिका-२ कोवाङसम्म आइपुगेको हो ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार हिमपहिरो आएको थाहा पाएपछि त्यसभन्दा तल रहेका बस्ती तथा विद्यालयमा भागाभाग हुँदा कोवाङस्थित जनआदर्श अमरसिंह माविका शिक्षक र विद्यार्थी गरेर ११ जना सामान्य घाइते भएका छन्।
‘म अहिले स्पटमा नै छु, अहिलेका लागि त पहिरो रोकिएको छ तर आधाजस्तो भाग अड्किएका कारण फेरि पनि आउन सक्ने जोखिम छ। तर पहिरोको रुटमा बस्ती वा विद्यालय नभएकाले डर मानिहाल्नुपर्ने अवस्था भने छैन,’ उहाँले भन्नुभयो , ‘बरु भाग्ने क्रममा विद्यालयमा ९ जना छात्रा, एक जना महिला शिक्षक र एक जना छात्रलाई सामान्य चोट लागेको छ।’
प्रहरीका अनुसार करिब ५ किलोमिटर माथिबाट आएको पहिरो नाउरीकोट गाउँसम्म आइपुगेको थियो । झन्डै आधा घण्टासम्म बगेको पहिरोले हिउँका चट्टान उर्लिएर तलसम्म खस्दा पहिरोले भेटेका जति सबै रुखबिरुवा समेत सखाप भएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )