पर्वत, कार्तिक-२७, नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष यामबहादुर मल्लले आफ्नो उमेदवारी औपचारिक रुपमा घोषणागर्नु भएको छ । मल्लले सामाजिक सञ्जालमा टुइट् गर्दै जिल्ला अधिवेशनमा सभापति पदको उमेदवारी प्रस्तुत गर्नु भएको हो । नेपाली कांग्रेसको आगामी जिल्ला अधिवेशनमा सभापति पदको लागि मल्लले आफ्नो उमेदवारी घोषणा गर्नु भएको हो ।
जलजला गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका मल्लले कांग्रेस भित्रको गुट र उपगुटको अन्त्य गर्दै आपसि एकता, सहकार्य र सहअस्तित्वको निर्माण गर्न आफ्नो उमेदवारी रहने बताउनुभएको छ । कांग्रेसका सवै नेता कार्यकर्तालाई मिलाएर लैजान सक्ने क्षमता आफूसंग भएको भन्दै उहाँले पाटीलाई अझै सुद्दढ र संसंगठित गर्दै आसन्न निर्वाचनमा कांग्रेसलाई पहिलो पाटी बनाउने संकल्प र अठोट समेत प्रस्तुत गर्नुभएको छ ।
पर्वत कांग्रेस भित्र सभापति पदको लागि अन्य नेताहरुको पनि उमेदवारी रहने बताइएपनि अहिलेसम्म औपचारिक रुपमा सभापतिको घोषणा मल्लले मात्र गर्नु भएको छ । आगामी ६ गते हुने निर्वाचनमा २ वटा सचिव पदका लागि जलजला २ का वडा अध्यक्ष गोविन्द खत्रीले र लोकतान्त्रिक छापा माध्यमका केन्द्रिय उपाध्यक्ष ओमप्रसाद शर्मा घायलले मात्रै औपचारिक रुपमा आप्नो उमेदवारी सार्वजनिक गर्नु भएको छ ।
कांग्रेसको जिल्ला अधिबेशनामा उम्मेद्वारी पेश गर्नु भएका जलजला गाउँपालिकाका प्रमुख मल्ल र जलजला वडा नम्बर २ का वडाध्यक्ष गोबिन्द खत्री लोकप्रिय जनप्रतिनिधि हुनुहुन्छ । आगामी मंसीर ३ गते क्षेत्रीय निर्वाचन तथा आगामी मंसीर ६ गते कांग्रेसको जिल्ला अधिवेशन हुँदैछ । जिल्ला अधिवेशनले महाधिवेशन प्रतिनिधि समेत चयन गर्नेछ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )