पर्वत, कार्तिक-१८, पर्वतको जलजला गाउँपालिका शिक्षक दरबन्दी मिलान गर्ने जिल्लाको पहिलो स्थानीय तह बनेको छ । मन्त्रालयले तयार पारेको विवरण अनुसार कार्यपालिकाको निर्णय पेशागत संघ संगठन लगायतलाई समेत राखेर गरेको सहमतिका आधारमा सहज वातावरणमै दरबन्दी मिलानको काम सकिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले बताउनुभयो ।
‘हामीले शिक्षकहरुका पेशागत संघ तथा संगठनका प्रमुख र प्रतिनिधि राखेर दरबन्दी मिलानको दायराका बारेमा जानकारी गराएका थियौँ। उहाँहरु कसैले पनि यसमा आफ्नो स्वार्थ लाद्न नखोज्ने र यसमा सघाउने बताउनुभएको थियो,’ उनले भने, ‘सकेसम्म शिक्षकहरुलाई सहज हुने तरीकाले मिलानको काम गरिएको छ । यहाँबाट कोही पनि शिक्षक बाहिर जानु नपर्ने अवस्था रह्यो ।’
सकेसम्म पायक पर्ने स्थान रोज्न दिइएकाले पनि शिक्षकहरुलाई समेत दरबन्दी मिलानले असर नगरेको हो । दरबन्दी मिलानको काम सकिएसँगै शिक्षक नियुक्तिका लागि अनुमति, सरुवा लगायतका कुरामा पनि सहज हुने भएको छ । सरकारले तोके अनुसारको न्यूनतम मापदण्ड कायम गरेर मिलान गरिएको र प्रति ४५ जना विद्यार्थी बराबर एक जना शिक्षक पर्ने गरी शिक्षक दरबन्दी अनुपात मिलाईएको गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले बताउनुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले शिक्षकहरुको दरबन्दी मिलानको लागि सूची निकालेको धेरै भएको भए पनि स्थानीय तहहरुले भने त्यो अनुसारको काम गर्न सकेका छैनन् । राजनीतिदेखि अन्य पक्षको प्रभावका कारण स्थानीय तहहरु दरबन्दी मिलानमा कस्सिन नसकिरहेको बेलामा जलजला गाउँपालिका दरबन्दी मिलान गर्ने जिल्लाको पहिलो स्थानीय तह बनेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )