बाग्लुंग, कार्तिक-११, बाग्लुंगको बदिगाडमा एक युवाले चितुवा समातेका छन बडिगाड गाउँपालिका-९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा विहिबार पसेको चितुवालाई वडा न -८ निवासी राजन पाइजाले समातेका हुन् । चितुवाले खोरमा पसेर एक सय बोइलर कुखुरामध्ये कोही खायो, कोहीलाई मारेको थियो । कुखुरा नष्ट गरेपछि स्थानीयले चितुवालाई समातेर वनमा छाडेका हुन् ।
खोरको जाली च्यातेर भित्र छिरेको चितुवा विहान अबेरसम्म पनि बाहिर नगएपछि स्थानीयले सवडिभिजन कार्यालयको प्राविधिक टोलीलाई खबर गरेका थिए तर सो टोलि आउन समय लागेकोले प्रहरी, वन कर्मचारी र स्थानीयले टिन ठटाउने, ताल बनाउने गर्दा पनि नभागेकोले बाख्रा बचाउन जोखिम मोलेरै राजन पाईजाले चितुवालाई पक्रेका हुन् ।
कराते खेलाडी पाईजाले कौशलताका साथ् चितुवाको घाँटी र गर्धन समाते नियन्त्रणमा लिएका हुन् । चितुवा नियन्त्रणमा लिनेबेला पाईजाको खुट्टामा सामान्य चोप लागे छ । पछिल्लो खुट्टाको भागले कोतर्न भ्याए पनि अन्य कुनै ठाउँमा चोट नलागेको पाइजाले बताए । ‘भाग्यले ठूलो क्षति हुन पाएन’ उनले भने ‘जीवनको अविस्मरणीय क्षण बन्यो ।’ गर्घनमा समात्ने अवसर नपाएको भए ठूलो क्षति हुने पाईजाको भनाई छ ।
‘मैले झ्याप्प समात्ने मेसो नपाएको भए त्यसले मलाई झम्टन्थ्यो’ पाइजाले भने ‘समातेर लडाएपछि सबैजना आएर चार खुट्टा बाँधेर तुरतुरेस्थित देवीस्थान सामुदायिक वनमा लगेर छोडेको सव डिभिजन वन कार्यालयका रेन्जर दिपक श्रीसले बताउनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )