पर्वत, कार्तिक-१, पोखराको हेम्जामा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। पोखरा महानगरपालिका -२५ हेमजास्थित शान्तिचोकमा ग ३ च ४९२२ नंवरको कारको ठक्करबाट पैदल हिंड्दै गरेका म्याग्दी घर भइ हाल सोही स्थान बस्ने ५५ वर्षीय शंकर बहादुर शिर्पालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कारको ठक्करबाट गम्भीर भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
प्रहरीले ठक्कर दिने कार र कारका चालकलाई नियन्त्रणमा लिएको छ भने, घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )