म्याग्दी, असोज-२४, म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीमाथी दुर्ब्यबहार भएको छ । सुवेदीलाई आईतबार पाँच जनाको समुहले कार्यकक्षमा प्रवेश गरी कालो पदार्थ प्रहार गरी दुर्ब्यबहार गरेको हो ।
दुर्व्यवहारमा संलग्न मध्येका एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगुका १८ वर्षीय विजय विक रहेका छन् । उनलाई प्रत्यक्षदर्शी जनप्रतिनिधिहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
घटनास्थलमा नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा) निकट राष्ट्रिय युवा संगठनको सहयोग रसिद, एक थान मोबाइल सेट, घडी लगायतका कागजात र सामग्री बरामद भएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताए ।
उक्त समूह कार्यालय प्रवेश गर्दा वडा न. ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र ९ का अध्यक्ष बेलबहादुर चोखाल कार्यकक्षमै रहेको र छापामार शैलीमा कार्यकक्षमा छिरेका उनीहरुले “दलाल” शब्द प्रयोग गर्दै आक्रमणमा उत्रिएको बताए का छन् ।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले आफूलाई मागिएको चन्दा नदिएका कारण आक्रमण र दुर्व्यहार भएको प्रतिक्रिया दिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )