बेनी, असोज-१८, मुस्तांगी च्याङ्ग्राका बथान बेनीबजार झरिसकेका छन् । सोमबार दिउसो पहिलो हुल बेनीमा आइपुगेको हो । च्यांग्राको हुल देखिए संगै दशैं आएको आभास भैसकेको छ । तर यस वर्ष भने च्यांग्राको मूल्य गत वर्ष भन्दा धेरै बढेको छ । गत वर्ष व्यापारीले रोज्जा च्याङ्ग्रालाई रु २७ हजार ५०० तिरेर ल्याएकोमा अहिले त्यो बढेर रु ४० हजारसम्म पुगेको छ ।
जोमसोमदेखि दुई दिनको बाटामा पर्ने ठाउँमा पुगेर च्याङ्ग्रा ल्याएका व्यापारीलाई मूल्य सोध्दा ५० हजार बताए । बेनीको कालीपुल पेट्रोल पम्प नजिकै च्यांग्रा राखेका ए व्यापारीलाई सोध्दा एउटा रोज्जा च्यांग्राको मूल्य ५० हजार पर्ने बताए । च्यांग्राको हुल देख्ने बित्तिकै पर्बत बगरबाट पुगेका एक ग्राहकले सस्तो मूल्य ४५ हजार भएको बताए । “यस वर्ष सुँघेर मात्रै दशैँ मनाउन पर्ला जस्तो पो छ त” उनले भने । व्यापारीका अनुसार मुस्ताङ्ग मै प्रति च्यांग्रा ३५ देखि ४० हजार परेको र यो च्यांग्रा सबैभन्दा ठुला भएको दावी गरे ।
च्याङ्ग्रा कम आउनु र बढ्दो कर, व्यापारीको आउजाउमा पनि बढी खर्च हुनेहुदा महँगो पर्ने व्यापारीले बताए । पछिल्ला चार वर्षमा रु २० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको छ । जति नै महँगो परे पनि दशैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको कालिपुलामा च्यांग्रा खरिद गर्न आएका पर्वत मल्लाजका हेम बहादुर खत्रीले बताए ।
हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिने साथै दशैमा एक/दुई छाक भए पनि च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्ने हुनाले मुस्तांगी च्यांग्राको माग बढेर गएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )