म्याग्दी, असोज-१६, राष्ट्रिय लोक तथा दोहोरीगीत म्याग्दीको पन्ध्रौं साधारण सभा सम्पन्न भएको छ । संस्थाले “हाम्रो अभियान लोक संस्कृतिको संरक्षण श्रष्टाको सम्मान नव प्रतिभाको प्रोत्साहन” भन्ने मुल नाराका साथ बेनिमा आफ्नो १५ औं साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा सचिव पदम विश्वकर्माले संस्थाको प्रगति प्रतिबेदन र संस्थाको कोषाध्यक्ष देवि जिसिले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सचिव र कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिबेदन सभाले सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।
नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल म्याग्दीका अग्रज कलाकार एवं संस्थापक केन्द्रिय सदस्य धन कुमारी थापा, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, प्रतिष्ठान गण्डकीका संगठन बिभाग सदस्य अमित विश्वकर्मा, सदस्य नकुल ढकाल, उपाध्यक्ष आरसि पौडेल प्रतिष्ठानका केन्द्रिय सदस्य कार्यक्रमका प्रमुख अतिथि कुमार पुन लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथी लगायतलाइ मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान केन्द्रिय सदस्य कुमार पुनको प्रमुख आतिथ्यता प्रतिष्ठान म्याग्दीका अध्यक्ष देबेन्द्र घिमिरेको अध्यक्षतामा, प्रथम उपाध्यक्ष ध्रुव जिसीको स्वागत र सन्चालन सचिव पदम विश्वकर्माले गरेका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )