पर्वत, असोज-९, नेकपा एमाले निकट जनसांस्कृतिक महासंघ नेपाल पर्वतको जिल्ला कार्यसमिति पुनर्गठन गरिएको छ । झन्डै १२ वर्ष पछी आयोजित भेलाले दिपक गदालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपध्यक्षमा सरिता भण्डारी सरु, सचिवमा सन्तोष पौडेल, सहसचिवमा राजकुमार बिक, कोषाध्यक्षमा वर्षा श्रेष्ठ रहेका छन् ।
महासंघका जिल्ला सदस्यहरुमा अस्मि गौतम, भीमा परियार, मंजु बिक कृष्ण कंडेल, महेश भुषाल किशोर शर्मा, इन्द्रबहादुर घिमिरे, किरण भण्डारी, अमृत रजाल, विष्णुप्रसाद शर्मा, केदार बिक, सुरेश परियार र नवराज गिरिरहेका छन् ।
त्यसैगरी कुश्मा नगरपालिकाको संयोजकमा रमेश श्रेष्ठ, फलेबसको संयोजकमा मनोज पौडेल, मोदीमा समिर मल्ल, जलजलामा रमेश बिक्रम रत्न र महाशिलामा धनसुवा बिक चयन भएका छन् । त्यसैगरी जनसंगीत विभागमा भिमराज परियार जनसाहित्य विभागमा रामचन्द्र भुषाल जनानात्य विभागमा राम श्रेष्ठ ललितकला विभागमा ज्योति गुरुङ रहेका छन् ।
अधिबेसनाअघि आयोजित उद्घाटन कार्यक्रममा प्रमुख आतिथिको मन्तब्य ब्यक्त गर्दै नेकपा एमालेका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य पदम गिरीले मुलुकको नेतृत्व एमालेले मात्रै गर्न सक्ने बताए । जतिसुकै दलले गठबन्धन बनाएपनि साढे दुइ महिना सम्म मन्त्रीमंडल बिस्तार गर्न नसक्नु, गठबन्धनको बैठक बस्नै नसक्नु, बसे पनि बिना निष्कर्ष टुंगिनु , यो सरकारको अवस्था हो यस्तो सरकार संग जनताले कुनै कुराको अपेक्षा गर्न नसक्ने बताए ।
कार्यक्रममा जनसांस्कृतिक महासंघका केन्द्रीय सचिवालय सदस्य मनकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेल, एमाले प्रदेश कमिटि सदस्य मेघनाथ सुबेदी, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य सुवास मल्ल, जीवन दाहाल , राजेन्द्र सापकोटा, नेकपा एमालेका उपाध्यक्ष भक्त कुँवर, सचिव पदमपाणी शर्मा उपसचिव गोबिन्द पहाडी, प्रेस चौतारी पर्वतका अध्यक्ष गणेश गिरि लगायतले मन्तब्य राखेका थिए ।
जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा पर्वत इन्चार्ज कृष्ण अखेलिको अध्यक्षता तथा स्वागतमा दिपक गदालको संचालनमा सम्लेपन्न कार्यक्रममा निबर्तमान अध्यक्ष स्वर्गीय मनाजित सुरागमको परिवारलाई सम्मान गरिएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )