म्याग्दी, असोज-९, नेपाली कांग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन निर्बाचित भएका छन् । शनिबार सम्पन्न भएको गाउँपालिका अधिबेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल र प्रेम बिक, सचिवमा नगेन्द्र मल्ल र देवेन्द्र रोका, कोषाध्यक्षमा बुद्दिमान शेरपुन्जा सहसचिवमा कमल खत्री र रोसन थापा निर्वाचित भएका छन् ।
त्यसैगरी कार्यसमितिको सदस्यहरुमा भिमदेवी बुढा, रेवती भण्डारी, चुनदेबी बिक, हिममाया पुन, मनकुमारी जुग्जाली, सपना गर्बुजा, गौरी सुनार, रामदेवी पुन, पार्वति पुर्जा, नरकुमारी बुढाथोकी, बलबहादुर छन्त्याल, थमबहादुर पर्टेल, दिलबहादुर पुन, रसु रसाइली, नच्चरी बिक, रामु हर्मेल, कबहादुर बिक, ऋषिराम सुबेदी, अर्जुन घर्ति, टेकबहादुर गुरुङ्गसुमन छन्त्याल, चित्र चोचाङ्गी, शेरबहादुर पुन, बिष्णुकुमारी थापा, कुलबहादुर भण्डारी, टेकसिंङ थापा, लगायत रहेका छन् ।
नव निर्वाचित सभापति पुन धवलागिरी गाउँपालिका वडा नं ७ निबासी हुन् । विभिन्न सामाजिक संघ संस्था र युवा क्लबमा समेत नेतृत्वदायी भूमिकामा रहेर काम गरेका उनि यस अघि कांग्रेसको पालिका स्तरीय तदर्थ समितिको अध्यक्ष समेत सम्हालिसकेका व्यक्ति हुन् ।
नव निर्वाचित सभापति पुनले आफुलाई सर्वसम्मत सभापतिमा चयन हुन भूमिका खेल्ने सम्पूर्ण क्षेत्रीय प्रतिनिधि वडा तहका नेता लगायत सम्पूर्ण कांग्रेसजनलाई धन्यवाद प्रकट गर्दै बैचारिक र सांगठानिक रुपले कांग्रेसलाई सुदृढ बनाउने प्रतिबद्दता समेत ब्यक्त गरेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )