पर्वत, असोज-१, जलजला गाउँपालिकामा नेपाल निजामती कर्मचारी युनियनकाे अधिवेशन सम्पन्न भएको छ । जलजला गाउँपालिकाका विभिन्न वडाहरुमा कार्यरत नेपाल निजामति कर्मचारी संघसंग आबद्द कर्मचारीहरुको प्रथम अधिबेशन शुक्रबार सम्पन्न भएको हो ।
अधिबेशनले लिलाधर सुबेदीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा कृष्ण प्रसाद रिजाल, समावेशी उपाध्यक्षमा गोरे नेपाली, सचिवमा राम प्रसाद चापागाईं, कोषाध्यक्ष महेन्द्र सुबेदी र सदस्यहरुमा राजु प्रसाद गौतम, लक्ष्मी प्रसाद शर्मा,गोपी दर्जी, देबेन्द्र रेग्मी, प्रताप शर्मा, कुमारी पुन, भेसनाथ आचार्य र अनिल खत्री रहनु भएको छ ।
त्यसैगरी आमन्त्रित सदस्यहरुमा बिष्णु आचार्य, इन्द्रप्रसाद शर्मा रघुनाथ चापागाईं, दीपक श्रेष्ठ गणेश मल्ल नारायण प्रसाद आचार्य रहनुभएको छ ।
अधिबेशन जलजला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजुराम सुनारको अध्यक्षता, जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
नव गठित कार्यसमितिले अधिबेशन सम्पन्न गर्न सहयोग गर्ने गाउँपालिकाका उपप्रमुख सिमा गर्बुजा पुन, वडाध्यक्षहरु भिष्म मल्ल , हरिबिकास जिसी, जलजलाका राजनैतिक सल्लाहकार याम शर्मा पौडेल लगायतलाई धन्यबाद दिएको अनिल खत्रीले जलजला अनलाइनलाई बताउनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )