बेनी, भदौ- ३०, हिमाली जिल्ला म्याग्दीमा मङ्गलबार विविध कार्यक्रमसहित ५७औं राष्ट्रिय बाल दिवस–२०७८ मनाइएको छ । ‘सामान्य अवस्थामा वा कोभिड महामारीः बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित यसवर्ष बालबालिकालक्षित कार्यक्रम गरेर दिवस मनाइएको हो ।
दिवसको अवसरमा बेनी नगरपालिका र सामाजिक विकास कार्यालयको सहयोग, ग्रामीण वातावरण तथा सशक्तिकरण केन्द्र (रिक) म्याग्दीको आयोजना र संगम म्याग्दीको प्राविधिक सहयोगमा बाल संरक्षणमा सरोकारवालाहरुको भूमिका विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बाल अधिकार संरक्षणमा सरोकारवाला सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बालबालिकालाई सबैले मामा, ममता र हौसला प्रदान गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र बेनपा ९ घतानका वडा अध्यक्ष बेलबहादुर चोखालको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय बाल दिवस, बालअधिकार, बालमैत्री स्थानीय शासनका लागि सरोकारवालासँगको समन्वय, बाल संरक्षणमा स्थानीय तहको भूमिका, निजामती सेवालगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो ।
सामाजिक विकास कार्यालय प्रमुख रमेश थापा र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दिपक पौडेलले सहजीकरण गरेको कार्यक्रम शिवालय बाल क्लब बेनपा ७ बेनीका अध्यक्ष अभिषेक पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैगरी दिवसकै अवसर पारेर सामाजिक विकास कार्यालय र स्वास्थ्य कार्यालयद्वारा म्याग्दी बालगृहका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुका साथै स्वास्थ्य परीक्षण गरिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )