म्याग्दी, भदौ-२९, कोरोना संक्रमणका कारण बैशाख दोश्रो साता देखि बन्द रहेका सबै शैक्षिक संस्थाहरु आगामी असोज १ गते देखि खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका सबै शैक्षिक संस्था खुलाउने निर्णय गरेको हो।
कोरोना (भाइरस)को दोस्रो लहरको महामारी फैलिएपछि विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको थियो। कोभिड–१९ सम्बन्धी सुष्म योजना र ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार विद्यालय खुलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो।
प्रजिअ अधिकारीका अनुसार कोरोना संक्रमणको दर घटेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गरेर भौतिक उपस्थितिमै पठनपाठन गराउने निर्णय भएको हो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )