काठमाडौं, भदौ-२८, बाराको निजगढस्थित एक होटलबाट करिब एक करोड रुपैयाँ नक्कली नोट बरामद भएको छ । ‘तारा इन’ होटलबाट प्रहरीले ५ जना नक्कली नोटका कारोबारीलाई पक्राउ गर्ने क्रममा ९३ लाख रुपैयाँ नक्कली नोट बरामद गरेको प्रहरी स्रोतको दाबी छ । उक्त गिरोहकै अर्का एक सदस्यलाई भने रौतहटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रौतहटमा भने गोठमा खाल्टो खनेर बोराभित्र लुकाएर राखेको अवस्थामा रकमसहित एक जनालाई पक्राउ गरिएको थियो । होटलमा कोठा भाडामा लिएर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले बिशेष व्युरोको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
उक्त गिरोहले झन्डै ९३ लाख नक्कली रकम बरामद गरेको भएपनि बाहिर सूचना दिइएको छैन । ‘बारामा नक्कली नोट बरामद भएको बारे केही जानकारी आएको छ’, प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले पुष्टि गरेका छन् । तर प्रहरी अहिलेसम्म अनुसन्धानमै रहेका कारण केही खुलाउन चाहेको छैन ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )