पर्वत, भदौ-२६, निषेधाज्ञा खुकुलो भएसँगै बढ्दो भिडभाडबाट संक्रमण नफैलियोस् भनेर मास्क अभियानलाई सरकारले जोड दिएको छ । मास्क प्रयोगलाई अनिवार्य गरेको हो । अझै पनि नेपालमा कोरोना संक्रमणदर २० प्रतिशतभन्दा माथि रहेको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकहरूले पुष्टि गर्छ । यस्तो अवस्थामा कोभिड संक्रमण रोक्ने एक प्रमुख विकल्प मास्क पनि हो ।
मास्कको प्रयोगबारे अभियान चले पनि प्रयोगपछि मास्क डिस्पोजलबारे ध्यान नदिँदा गम्भीर समस्या आउने जोखिम बढ्दो छ । सामान्यतया भाइरल संक्रमणको प्रकृति मास्कको प्रयोगभन्दा बिर्सजन गर्ने तरिकामा बढी निर्भर रहेको अध्ययनहरूले देखाएका छन् । अर्थात् मास्क प्रयोग गरिसकेपछि सही तरिकाले बिर्सजन नगर्दा संक्रमणको जोखिम उत्तिकै रहन्छ ।
एकपटक प्रयोग गरिसकेपछि धोएर वा डिसइन्फेक्ट गरेर पुनः प्रयोगमा ल्याउन नमिल्ने भएकाले सर्जिकल मास्कको प्रयोग अत्यधिक भइरहेको छ । जसका कारण सडकपेटी, बाटो, गल्ली, फोहोरको थुप्रो आदिमा सर्जिकल मास्क यत्रतत्र असरल्ल देखिन्छन् । विश्वभरि नै सर्जिकल मास्क प्रदूषणको मुख्य कारण बन्न थालेको छ । यसले मानिससँगै अन्य जनावरमा पनि असर पुर्याइरहेकोमा बहस सुरु भएको छ ।
कोभिड संक्रमितले प्रयोग गरेको मास्क जथाभावी फाल्दा कोभिडसँगै अन्य संक्रामक रोगको समेत हुने चिकित्सकहरू बताउँछन् । सामान्यतया फेस मास्कको गुणस्तर लेभल ३ एम हुन आवश्यक छ । तर, मास्क उत्पादनमा नियमन अभावका कारण बजारमा बिक्री भइरहेका मास्कको गुणस्तरमा समेत अन्योल छ ।
संक्रमितले प्रयोग गरेको मास्क बिर्सजन गर्दा ७० प्रतिशत अल्कोहलयुक्त सेनिटाइजरले सफा गरेर मात्रै फोहोरमा मिसाउनुपर्छ । यस्तै मास्कलाई ०.४ सोडियम हाइड्रो क्लोराइड भएको डस्टबिनमा डिस्पोज गर्ने सकिन्छ । सजिलै खोल्न नमिल्ने प्लास्टिकको झोलामा राखेर पनि डिस्पोज गर्न सकिन्छ । अस्पतालबाट निस्कने फोहोरलाई अटोक्लिप गरेर मात्र डिस्पोज गर्नुपर्छ । नया पत्रिकाको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )