संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समिति झापाले भद्रपुर नगर क्षेत्रका संस्थागत विद्यालयहरूले विभिन्न बहाना बनाएर शिक्षक तथा कर्मचारीहरूको तलब नदिएको भन्दै अनिश्चितकालिन हड्ताल र बन्दका कार्यक्रम सार्वजनिक गरेका छन् । शिक्षक तथा कर्मचारीहरूको तलब नदिएको प्रति खेद प्रस्ताव पारित गर्दै माघ ५ गतेबाट अनिश्चित कालिन शैक्षिक हड्ताल गर्ने निर्णय गरेको हुन् ।
युनियनका अनुसार शैक्षिक वर्ष २०७७ सालको ९ महिना पूरा हुन लाग्दा समेत शिक्षक, कर्मचारी, चालक तथा सहचालकहरूलाई पूर्ण पारिश्रमिक नदिइ विद्यालय सञ्चालकहरूले झारो टार्ने प्रयास गरिरहेको प्रति खेद प्रकट गर्दै अन्याय बिरूद्ध लड्न विद्यालय बन्द जस्तो कठोर कदम चाल्न बाध्य निर्णय गरेको बताइएको छ ।
बैठकले २०७७ जेठ ५ गते भद्रपुर नगरपालिकाको कार्यालयमा प्याब्सन एन प्याब्सन भद्रपुर नगर समितिले संस्थगत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिसँग गरेको सहमती २०७७ पौषको अन्तिम सातासम्म आइपुग्दा पूर्ण रूपमा कार्यान्वयनको चरणमा पुग्न नसकेको प्रति गम्भीर ध्यानाकर्षण गराएर आन्दोलनको जानकारी दिएको छ ।
नगर सरकार जस्तो जिम्मेवार निकायमा आएर सहमती गर्ने कार्यान्वयनका चरणमा नगरपालिका जान्दछ भनेर पछि हड्ने संस्थागत विद्यालयका सञ्चालकहरूलाई कानुनी दायरामा ल्याएर नीति र विधिमा चल्ने वातावरण बनाइ दिन सबै समक्ष अनुरोध समेत गरेको छ ।
अभिभावकहरूले शुल्क समेत तिरेको तर शिक्षक कर्मचारीको श्रमलाई अपमानित गर्दै झारो टार्ने शैलीमा कनिका छरेजस्तो पारिश्रमिक छरेर श्रमशोषणको उत्कण्ठा मच्चाइयो भन्दै यसखालका श्रमिक मारा व्यवहारको प्रतिवाद गर्न बन्दको बाटो रोज्ने निर्णय गरेको हो युनियनले बतायो ।
यस अभियानमा अभिभावक, राजनीतिक दल, विद्यार्थी संघ, संगठन, मानव अधिकारकर्मी, सञ्चार जगतलाई समेत न्यायका लागि अगाडि आएर सहयोग गर्न अपील गरिएको छ । वर्षभरी विद्यालयको उन्नति प्रगतिका लागि परिश्रम गर्ने शिक्षक कर्मचारीलाई बन्दाबन्दीको बाहना देखाएर दिनु पर्ने पारिश्रमिक नदिने कार्य विद्यालय सञ्चालकहरूले कुन कानुन अनुसार गरेको हो ?
विद्यार्थीका टाउका गनेर शुल्क उठाउन अनुमति दिने नगर शिक्षा समितिले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, चालक, सहचालकलाई पारिश्रमिक दिन बाध्य बनाउन सक्छ कि सक्दैन ? भन्दै बैठकमा राज्यको नीति र नियम समेत नमान्ने विद्यालय सञ्चालकहरूलाई कानुनी प्रकृयामा ल्याइ अराजक अवस्था अन्त्य गर्न माग गरिएको छ ।
श्रोत : जनबोली अनलाइन
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )