माघ १ गते माघी तथा माघे संक्रान्ति पर्वका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज बसेको बैठकले गृहमन्त्रालयको सिफारिसमा सो निर्णय गरेको जनाइएको छ ।
विशेषगरी हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिनको रुपमा माघ १ अर्थात माघे संक्रान्ति मनाउने गरिएको छ । हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्तिका रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । त्यस्तै थारु समुदायले माघी र खिचरा पर्वका रुपमा मनाउने यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउँछन् ।
समुदाय विशेषमा यो पर्व मनाउने तरिका भने फरक छ । तर सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरुका साथमा यो पर्व मनाउछन् । यो पर्वमा चेलिबेटीहरूलाई घरमा बोलाउने, मिठा परिकार खाने खुवाउने र नाचगान गाउने चलन छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )