पर्वत, भदौ-२१, पर्बतको मोदी गाउँपालिकाले पालिकाका सबै विद्यालय संचालन गर्न निर्देशन दिएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण शैक्षिक क्षेत्रमा ठूलो क्षति भएको भन्दै पर्वतको मोदी गाउँपालिकाले स्थानीय तहभित्रका सबै विद्यालयहरू सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।
दोस्रो लहरसँगै विद्यालय बन्द हुँदा अवरुद्ध भएको पठनपाठनका कारण ठूलो शैक्षिक क्षति भएकोले कोभिड–१९ को संवेदनशीलतालाई ध्यानमा राख्दै गाउँपालिकाले तोकेका तीनवटा शर्तहरू पालना गरी विद्यालय सामुदायिक तथा निजी सबै विद्यालयहरू भौतिक रूपमा सञ्चालन गर्न भनिएको छ।
गाउँपालिकाले तोकेका शर्तहरूमा विद्यालय सञ्चालन गर्दा विद्यालय प्रशासनले विद्यालय व्यवस्थापन समितिसँग समेत पूर्ण रूपमा समन्वय गर्ने, विद्यालयहरूमा कोभिड–१९ बाट बच्न स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरू अवलम्बन गर्ने र कक्षा शिक्षकले विद्यार्थीको स्वास्थ्य परिस्थितिको बारेमा प्रत्येक दिन प्रधानाध्यापकलाई जानकारी गराउने र कुनै स्वास्थ्य समस्या आएमा प्रधानाध्यापक गाउँपालिकामा जानकारी गराउनुपर्ने भनिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले गाउँ कार्यपालिकाको बैठकमा मोदी गाउँपालिकामा संक्रमणको अवस्था त्यति जोखिमपूर्ण नदेखिएको र लामो समय विद्यालय बन्द रहँदा देशले नै शैक्षिक क्षति भोग्नुपरेकोले सावधानीसहित भौतिक रूपमा विद्यालय खुलाउने निर्णय भएबमोजिम विद्यालयहरूलाई खुलाउन निर्देशन दिइएको बताए।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )