पर्वत, भदौ-२०, बिहिबार राति परेको भिषण वर्षाका कारण दर्जनौ ठाउँमा पहिरो खसेपछि मध्य पहाडी लोकमार्गको पर्वत खण्ड पूर्ण रुपमा बन्द भएको छ । पहिरो र खोलामा बाढी आएका कारण मध्य पहाडी लोकमार्गको पर्वत खण्ड अन्तर्गत कुश्मा चुवा देखि पातिचौरसम्मको पुरै भाग अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएपछि यात्रा कष्टकर बनेको छ । कुश्मा देखि पोखरा हुँदै अन्य स्थानमा जाने सवै सवारी साधन कुश्मामा नै थुनिएका छन् भने धौलागिरी क्षेत्र भित्रने सवै सवारी साधन पातिचौर बजार क्षेत्रमा थुनिएका छन् । पहिरो हटाउने प्रयास भइरहे पनि सडक पुरै वगेका कारण कम्तिमा १ साता लाग्ने प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सडक अवरुद्ध भएपछि वैकल्पिक रुपमा यात्रुहरु पातिचौर बजार देखि कुश्मासम्म झण्डै ९ किलोमिटरको पैदल यात्रा गरीरहेका छन् । अवरुद्ध सडक मध्ये चुवा खण्डसम्म मात्रै सडक सञ्चालन हुने हो भने पैदल यात्रा ६ किलोमिटर गर्नुपर्नहुन्छ । पहिरोग्रस्त क्षेत्र यात्रा गरेर अर्को स्थानबाट सवारी चढनुपर्ने बाध्यता यात्रुहरुलाई रहेको छ ।
पैदल पात्रीको लागी बैकल्पिक बाटो :
कुश्मा देखि दुर्लुङ हुँदै बाजुङबाट पातिचौर बजार पुग्ने वैकल्पिक सडक रहेको छ । यो सडक खण्डमा कुश्मा देखि दुर्लुङसम्म झण्डै ८ किलोमिटर सडक पक्कि छ । त्यसपछिको झण्डै १० किलोमिटर कच्चि सडकको यात्रा पछि पातिचौर बजार क्षेत्रमा पुग्न सकिन्छ । पातिचौर बजारबाट मध्यपहाडी लोकमार्ग फेला पर्दछ । साना पिकअप सवारी साधन र मोटरसाइकलहरुका लागि यो सडक वैकल्पिक सडक हो ।
मोटरसाइकलका लागि बैकल्पिक बाटो :
कुश्माको बडागाउँ स्थित कुश्मा ज्ञादी पुल तरे पछि साइकलचोक हुँदै पिपलटारीको गहतेपोखराबाट ठुलिपोखरी पुग्न सकिन्छ । ठुलिपोखरीबाट खौला कार्किनेटा हुँदै स्याङजाको नौडाडामा यो सडकबाट निस्कन सकिन्छ । नौडाडाबाट पोखरा वालिङ स्याङजा सडक खण्ड फेला पर्दछ । यो सडक मोटरसाइकलका लागि वैकल्पिक सडक हुन सक्छ । यो खण्डमा कुश्मा देखि साइकलचोक हुँदै गहते पोखरासम्मको करिब ५ किलोमिटर सडक कालोपत्रे छ । गहतेपोखरा देखि ठुलिपोखरीसम्मको झण्डै ४ किलोमिटर सडक कच्चि छ । ठुलिपोखरी देखि कार्किनेटा हुँदै स्याङजा जिल्लाको सिमानासम्म भने सडक सवै कालोपत्रे, पक्कि छ ।
सडकमा निकै ठुलो पहिरो गएका कारण सडक खण्ड पुरै अस्तब्यस्त रहेको छ । मध्यपहाडी लोकमार्गको खण्डै १० किलोमिटरमा समस्या देखिएका कारण पैदल यात्रा बाहेकको ग्रामीण रुट प्रयोग गरेर साना सवारी साधनबाट यात्रा गर्न सकिनेछ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )