पर्बत, भदौ-१९, पर्वतको विभिन्न स्थानमा शुक्रबार राती गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । अविरल बर्षा पछि पहिरो जाँदा पर्वत जिल्लामा ११ जनाको मृत्यु भएको हो । पहिरोका कारण अवरुद्ध भएको विद्युत सेवा र इन्टरनेट सेवा जिल्लामा ३ पछि मात्र सुचारु भएको छ ।
स्शुक्रबार राती पहिरो जाँदा कुश्मा नगरपालिकाको दुर्लुङ्ग, पकुवा, सिल्मी र मोदी गाउँपालिकामा गएको पहिरोमा परेर एकै परिवारका ५ जना सहित ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो । उहाँकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेश पौडेलको पनि मृत्यु भएको छ ।
साथै कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुश र मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेलको मृत्यु भएको हो । साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।
पहिरोमा परि मृत्यु हुनेहरुको आज शनिवार पोष्ट मार्टम गरी सामूहिक अन्यष्टि गरिएको छ । यसै गरी पहिरोका कारण अवरुद्ध भएको विद्युत सेवा शनिवार राती देखि सुचारु भएको छ । पहिरोका कारण अवरुद्ध विद्युत सेवाअवरुद्ध इन्टरनेट सेवा पनि शनिवार राती देखि सुचारु भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )