पर्वत, भदौ-१७, माधव कुमार नेपाल नेतृत्वको सामाजबादी पार्टीले पर्बतमा जिल्ला कमिटि घोषणा गरेको छ । बिहिबार कुश्मामा सम्पन्न कार्यक्रममा तत्कालिन नेकपा एमालेका प्रदेश कमिटि सदस्य मोति प्रसाद पौडेलको अध्यक्षतामा ७५ सदस्यीय कमिटि गठन गरिएको हो ।
जिल्ला कमिटि घोषणा कार्यक्रममा एकीकृत सामाजवादी पार्टीका केन्द्रीय सदस्य चुडामणि जंगलीले सम्बोधन गर्नुभएको थियो । सम्बोधन गर्दै जंगलीले एमाले भित्रको अराजकताका कारण नया पार्टी गठन गर्नु परेको बताउनुभयो । उहाँले एकीकृत समाजबादी पार्टीको नेतृत्वमा मुकुक कै ठुलो कम्युनिष्ट पार्टी निर्माण गर्ने गरी अघि बढेको बताउदै सबै कार्यकर्तालाई यहि पार्टीमा गोलबद्द हुन आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा एकीकृत समाजबादी पार्टीका केन्द्रीय सदस्य बिजय गुरुंग पुर्व राज्यमन्त्री रामजी शर्मा लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
नेकपा एमाले विभाजन गरी बनेको एकीकृत समाजबादी पार्टीमा अधिकांश नयाँ अनुहार रहेका छन् । यो कमिटीमा जिल्लाका जन प्रतिनिधिहरुको संख्या भने न्युन रहेको देखिएको छ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाडाखर्कका अध्यक्ष भिम गुरुङ्ग सहभागी हुनुभएको थियो भने अन्य जनप्रतिनिधिहरु देखिएका थिएनन ।कमिटि घोषणा कार्यक्रम उदय सुबेदी स्वागत र लोकेंद्रजंग लामिछानेको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )