जलजला, भदौ-१३, जलजला गाउँपालिकाले पालिकाको निर्णय कार्यन्वयन गर्नका लागी सार्वजनिक सूचना जारी गरेको छ ।गाउँपालिकाका सम्पूर्ण सरकारी एवं गैह्र सरकारी संघ संस्था, सहकारी र उपभोक्ता संस्थालाई सुचना जारी गरेको हो ।
प्रचलित कानुनले तोकेको बाहेकक अवस्थामा राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि शिक्षक लगायतलाई गाउपालिका लाइ कार्यक्षेत्र बनाइ संचालनमा रहेका सरकारी र गैह्र सरकारी संघ संस्था, उपभोक्ता समिति, सरकारी र सामुदायिक संघ संस्थाको संचालक समितिको पदाधिकारी र सदस्मायमा रहन नपाउने निर्णय कार्यन्वयन गराउन सुचित गरेको छ ।
त्यस्तै सहकारी ऐन २०७५ बमोजिम एकै प्रकृतिको एक भन्दा बढी संस्थाको सदस्य रहन नपाउने,बिभिन्न आर्थिक बर्षहरुमा संचालित योजना कार्यान्वयन हुन नसक्दा पेश्की बेरुजु भइ फर्छ्योट नगरेका उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारीहरुलाई रकम दाखिला गरी पेस्की फर्छ्योट गर्ने लगायतका नुर्नाया कार्यान्वयन गर्न सूचना जारे गरेको हो ।
सुचना :
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )