म्याग्दी, भदौ-१०, पहिरो खसेर म्याग्दीको राहुघाट नदी थुनिएपछि बनेको तालका कारण जोखिम हुने भएकाले कालिगण्डकी नदीको तटीय क्षेत्रका सर्वसाधारणलाई सजग बनाईएको छ ।
जिल्ला प्रशासन कार्यालय म्लेयाग्दीले बिहिबार एक सूचना जारी गर्दै तटिय क्षेत्रमा सजग रहन भनेको हो । काम बिषेशले नदीको तटीय क्षेत्रमा पुगेका र बसोबास गर्ने सबैलाई सजगता अपनाउन आग्रह गरेको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिकाको रायखोरमा बिहिबार बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको हो । १०-१५ मिटर चौडा र गहिरो र १ किलोमिटर लम्बाईमा ताल फैलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरोले खोला थुनिएर बनेको तलाउ भरिएर नदि को बहाव सुचारु भए पनि खतरा तरीनसकेकोले अजग रहन आग्रह गरेको हो ।
पहिरो खसिरहेको र ताल एकैपटक फुट्न सक्ने सम्भावना रहेकाले सजगताका लागि आग्रह गरेको बिकले बताए । रघुगंगा गाउँपालिकाको ६ र ७ नम्बर वडाको गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीय प्रदिप मगरले जानकारी दिए । ताल भरिएर विस्तारै पानी बग्न थालेको भएपनि जोखिम कायम रहेको स्थानीय सञ्चारमाध्यामले उल्लेख गरेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )