म्याग्दी, भदौ-८, बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा अभिमुखीकरण कार्यक्रम भएको छ । शैक्षिक सत्र २०७८ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागी अभिमुखीकरण (Orientation) कार्यक्रम गरिएको हो । विद्यालयको सभा हलमा स्वास्थ्य शुरक्षाको मापदण्ड अपनाउदै सो कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा भर्ना भएका विद्यार्थीहरुलाई ब्यबस्थापनका बिषय तिनीहरुको क्षेत्र, महत्वका बारेमा विषयगत शिक्षक र सिकाइ सहजीकरणका तरिका परिक्षा, विद्यालय समय, रोजाईका बिषय तथा अन्य गतिबिधिका बारेमा उनिहरुलाइ अभिमुखीकरण गरिएको हो । विद्यालयका प्रिन्सिपल डीबी दाहालले बिद्यार्थी भर्ना चलिरहेको र अझै केहि सिटमा भर्ना लिन सकिने बताउनुभयो उहाँले भोलिबाट नै नियमित कक्षा संचालन गरिने उहाँले बताउनुभयो ।
“कोरोना संक्रमणका बेलामा विद्यालयले अनलाइनबाटै पढाइ शुरु गर्न लागेको छ, भदौ ९ गतेबाटै कक्षा ११ का अनलाइन कक्षा शुरु हुन्छ, आज नै सबै विद्यार्थीहरुलाई रुटिन पठाईसकिएको छ ।” प्रिन्सिपल दाहालले भन्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरुले वेष्ट पोइन्ट रोज्नुको कारण, विद्यालयबाट आफुहरुले गरेका अपेक्षा लिखित रुपमा प्रस्तुत गरेका थिए । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको रोजाइमा परेको वेष्ट पोइन्ट स्कुल जिल्लाकै उत्कृष्ट म्यानेजमेन्ट स्कुल भएको प्रिन्सिपलले बताउनुभयो ।
कार्यक्रममा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका संस्थापक निर्देशकहरु सुबाश कुमार श्रेष्ठ, शिवकुमार श्रेष्ठ, सुदर्शनकुमार श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ अभिभावकको समेत उपस्थिति रहेको थियो ।
फाउन्डेसनका सदस्य सुबासकुमार श्रेष्ठको अध्यक्षतामामा सम्पन्न कार्यक्रमको संचालन विद्यालयका भाइस प्रिन्सिपल कृष्ण जिसीले गरेको वेष्ट पोइन्ट मिडियाहबले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )