पोखरा, भदौ-४, मृगौला पीडितको नाममा सहयोग भन्दै चन्दा असुल्ने तीन जनालाई पोखरामा प्रहरीले पक्राउ गरेको छ। ‘युनिक स्वयंसेवक नेपाल’ नामक संस्थाको नामबाट अवैध रुपमा चन्दा संकलन गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो पोखरा महानगरपालिका -२६ विजयपुरस्थित न्यू हाईवे स्टाफ होटेल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा जिल्ला विर्तामोड नगरपालिका -९ पश्चिम स्ट्याण्ड बस्ने ३४ वर्षीया एलिजा बस्नेत, झापा हल्दिबारी गाउँपालिका -१ बस्ने ४४ वर्षीय धन बहादुर सेन्चुरी र झापा विर्तामोड नगरपालिका – १ पश्चिम स्ट्याण्ड बस्ने ३२ वर्षीय टेक बहादुर बस्नेत रहेका छन्।
उनीहरुले पाल्पा जिल्ला साविक झडेवा गा.बि.स वडा न-५ हाल माथगढी गाउँपालिका वडा न -४ बस्ने मृगौला पीडित ३६ वर्षीय चुडा बहादुर रुचालको उपचारका लागि भन्दै पोखरामा अटो ट्याम्पो मार्फत चन्दा संकलन गर्दै आएका थिए।
उनीहरुले ‘युनिक स्वयंसेवक नेपाल’ केन्द्रिय कार्यालय संस्था धरान सुनसरी नामको संस्था दर्ता गरी विभिन्न १२ जना बिरामीको नाउँमा चितवन, तनहुँ, दैलेख, सुनसरी, रूपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङजा लगायतका जिल्लाहरूमा बिना अनुमति चन्दा संकलन गरेको खुलेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार उनीहरुले चन्दा संकलनकै लागि भनेर १० वटा अटो ट्याम्पो भाडामा लिएर देशका प्रमुख शहरमा मृगौला पीडितको नाउँमा चन्दा संकलन गर्ने गरेका थिए।
पक्राउ परेका उनीहरुबाट प्रहरीले चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा तथा चार लाख छ हजार चार सय छ रुपैयाँ वरामद गरेको छ।उनीहरूविरुद्ध विरुद्ध चन्दा ऐन २०३० अन्तर्गत सम्मानित कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए।गण्डकी न्युजको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )