पर्वत, साउन-३१, मलेसियामा कार्यरत एक युवा SEE परीक्षामा उत्तीर्ण भएका छन् । विगत ६ वर्षदेखि बैदेसिक रोजगारको शिलसिलामा मलेशियामा कार्यरत सप्तरीका एक युवा २०७७ सालको SEE परीक्षामा उत्तीर्ण भएका हुन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका -१० भगनी मलेठाका ति युवा जनता मावि बाट SEE उत्तिर्ण भएको शिक्षा अधिकृत रमेश खड्काले बताउनुभएको छ ।
यो समाचार सार्वजनिक भएसंगै आन्तरिक मूल्यांकन गरि प्रकाशन गरिएको नतिजा माथि नै प्रश्न उठेको छ । विषय शिक्षक, प्रधानाध्यापक, शिक्षा समन्वय इकाईको गैह्र जिम्मेवारीपन र लापरवाही समेत प्रष्ट देखिएको छ । सप्तरीमा यस्तो घटना सार्वजनिक भएपनि देशैभर यस्ता धेरै घटना छन् जसले SEE को महत्व, पढाइको अर्थ, SEE पछी ११ र १२ कक्षामा उनीहरुको अवस्था बारे समेत प्रश्न चिन्ह खडा गरेको छ ।
विद्यार्थीलाई परीक्षा नै नदिई उत्तीर्ण हुनु परेको छ, अभिभावकलाई राम्रो ग्रेड चाहिएको छ, विद्यालयलाई जस चाहिएको छ तर यस्तो अवस्थाले देशको शैक्षिक अवस्था र भविष्यलाई कता तिर पुर्याउला ? नम्बर पाएपछि खुसी हुने विद्यार्थी अभिभावक, अहिलेलाई मक्ख पारेर छाडिदिने स्कुलहरू भोलिका दिनमा विद्यार्थीहरूले उच्च शिक्षा पढ्ने बेला, प्रतिस्पर्धा र व्यावसायिक जीवन सुरु गर्दा, काम गर्ने क्रममा नयाँनयाँ समस्या आउँदा सामना गर्ने विधिहरू नजान्दा, आत्मविश्वास नहुँदा जिन्दगीमा ठूलै धोका हुने निश्चित छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )