बेनी, साउन-२८, अन्तराष्ट्रिय युवा दिवसकाे म्याग्देली युवा आवाजले पुस्तकालय स्थापना गरेको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा पुस्तकालय स्थापना गरिएको हो । आज अन्तराष्ट्रिय युवा दिवसको अवसरमा यो कार्य गर्न पाउदा खुसि लागेको समुहले बताएको छ ।
हिरासतमा रहेका व्यक्तिलाई समय बिताउन सजिलो र सकारात्मक सोचको विकास होस् भन्ने हेतुले पुस्तकालय स्थापना गरिएको समुहका अभियन्ता छबी आचार्यले बताउनुभयो । अहिले ७० वटा पुस्तकबाट शुरु गरिएको र पछी थप्दै लैजाने उहाँले बताउनुभयो । हिरासतको बरन्डामा ३०० वटा पुस्तक अटाउने र्याक राखिएको छ त्यहाँ उपन्यास जीवनी कथा यात्रा संस्मरण लगायतका पुस्तक पढ्न सकिने छ ।
जिल्लामा शैक्षिक आर्थिक सामाजिक र बिकास निर्माणका गतिविधिलाइ जनमुखी पारदर्शी बनाउन दवाव दिन गठन गरिएको म्यग्देली युवा आवाज गठन गरिएको हो यो समुहले कोरोना महामारीको दोश्रोलहर संगै भएको लक्डउनका कारण समस्यामा परेका गरिव तथा बिपन्न र मजदुरलाई खाद्दान् स्वास्थ्य सामग्री समेत प्रदान गरेको थियो ।
युवा दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा “नेपाल र म्याग्दी जिल्लामा युवाको अवस्था , समस्या, सम्भावना र चुनौतीका बिषयमा अन्तरक्रिया समेत गरिएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )