काठमाडौँ, साउन-२२, कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । परीक्षा आउन ९ दिनमात्र बाँकी रहँदा कक्षा १२ को परीक्षा स्थगित हुने भएको हो ।
कोरोना संक्रमणको जाेखिम बढेकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षाको मिति पुनरावलोकन गर्न भन्दै सीसीएमसीमा पत्र पठाएको थियो । सोही आशयको पत्र राष्ट्रिय परीक्षा बोर्डमा पठाएको सीसीएमसीका प्रवक्ता नरहरि खतिवडाले जानकारी दिए । सीसीएमसीले परीक्षा स्थगित गरी नयाँ मिति तय गर्न आग्रह गर्दै बोर्डलाई पत्र पठाएको छ । यसका लागि बोर्डमा भोलि बैठक बस्दैछ । बोर्डले ३१ साउनदेखि ९ भदौसम्म परीक्षा गर्ने मिति तय गरेको थियो ।
पाँच दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमितको संख्या बढ्न थालेकोले तत्काल परीक्षा गर्न नसकिने आशयको अभिव्यक्ति दिएका थिए । उनले कक्षा १२ को परीक्षा आन्तरिक मुल्याङ्कनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने बताएका थिए । ३१ साउनबाट परीक्षा गराउन बोर्डले सबै तयारी पूरा गरेको बताउँदै आएकाे थियाे । तर बोर्डले स्वास्थ्य मन्त्रालयको दबाबपछि परीक्षा सार्न लागेको बुझिएको छ ।
यस्तै, कोभिड १९ को जाेखिम बढेकाे भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताले सरकारलाई दबाब दिँदै ‘ह्यासट्याग क्यान्सिल एनइबी एक्जाम्स’ लेखेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )