बाग्लुंग, साउन २१, बाग्लुङमा पानीको पाइप जोड्ने क्रममा ढुंगोमा चिप्लेर लड्दा बिहीबार दिउसो एक युवकको मृत्यु भएको छ ।
बाग्लुङमा झोलुङे पुल बनाउने क्रममा गोरखाको धार्चो गाउँपालिका २ केरौजाबेसी २६ वर्षीय बिरे गुरुङको आज दिउसो साढे १० बजेको समयमा मृत्यु भएको हो ।
बाग्लुङको निसिखोला गाउँपालिका ७ राजकुटस्थित सेम्कादेखि चोलाङ जोड्ने झोलुङे पुल बनाउने कामदार गुरुङको सोहि स्थानमा रहेको पानीको पाइप जोड्ने क्रममा ढुङ्गामा चिप्लिन गई अन्दाजी ३५।४० मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर केसीले जानकारी दिनु भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )