पर्वत, साउन-२०, पर्बतमा अवैध रूपमा कालीगण्डकी उत्खननमा प्रयोग भएका गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। पछिल्ला चार दिनमा नदी दोहनमा प्रयोग भएका ३२ वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो।
साउन १६ देखि १९ सम्म अवैध रूपमा नदीजन्य पदार्थको उत्खननमा प्रयोग भएका सवारी साधनलाई लिइएको र ती गाडीलाई पाँच लाख दुई हजार ५०० रुपैयाँ जरिवाना गराइएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत, प्रहरी चौकी मिलनचोक र प्रहरी चौकी वारीवेनी पर्वतको बगरमा खटिएको प्रहरी टोलीले अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन गरिरहेका पाँचवटा ट्रिपर, नौवटा एक्स्काभेटर र १८ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो
जरिवाना तिरेको रसिदका आधारमा मात्रै प्रहरीले गाडी धनीलाई गाडी फिर्ता लैजान दिएको र केहीले जरिवाना रकम नतिरेका कारण अझै पनि नियन्त्रणमा राखिएको उहाँले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )