बागलुङ, साउन-१८, बागलुङको गल्कोटमा बस दुर्घटना भएको छ । सोमबार बिहान गलकोट नगरपालिका वडा नं. १ चौराहास्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
काठमाण्डौबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको बस ब्रेक फेल भई दुर्घटनामा परेको हो । घाइतेहरुलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ ल्याउदै गरेको बसमा सवार अन्य ११ जना भने सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभएको छ ।
घाइते हुनेहरुमा गुल्मीको मुसिकोट नगरपालिका–९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, बागलुङको ढोरपाटन नगरपालिका–२ शेराकी ४२ वर्षीया पवित्रा खत्री, गलकोट नगरपालिका–३ गणेशचोकका ७३ वर्षीय हरीलाल खत्री, नवलपरासीको सुनौल वडा नं. ३ आसामबासी टोलका ४८ वर्षीया तारा पुन, गुल्मीको मुसिकोट नगरपालिका–२ का ३३ वर्षीय राजकुमार कुवँर, सोही ठाउँकी ३० वर्षीया तारा थापा रहेका छन् ।
यस्तै, बागलुङको बडिगाड गाउँपाकिा–२ का १७ वर्षीय विष्णु थापा, भारत घर भई गुल्मी बस्दै आएका १९ वर्षीय अनिल कुवँर, दिलदिप साहनी, बडिगाड गाउँपालिका–६ सिमलचौरका ३९ वर्षीय टेक बहादुर राना, भारत घर भई हाल गुल्मी बस्ने २५ वर्षीय जिलाजित शर्मा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । चालक गलकोट नगरपालिका–१ काफलबुटाका ५२ वर्षीय चित्र बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )