बेनी, साउन-१६, कलाकार नकुल ढकालको महारानी नामक तिज गीत सार्वजनिक भएको छ । साउन १५ गते नकुल ढकालको युट्युब च्यानलबाट “महारानिको यात्रा” गीत सार्वजनिक भएको हो । मौलिक भाकामा तयार पारिएको गीतमा रिना केसी, पार्वती जिसी, रवी कार्की नकुल ढकाल, बिनिता पौडेलको स्वर रहेको छ । गीतको शब्द नकुल ढकालले तयार पार्नुभएको हो ।
मौलिक भाकामा तयार पारिएको गीत २४ घन्टामा ४० हजार पटक हेरिसकिएको छ । दर्शक र श्रोताले अहिले बजारमा आएका उत्ताउला र परिमार्जित भाकामा आधारित गीत भन्दा यो गीत बास्तविक गीत भएको प्रतिक्रिया दिएका छन् । गीतमा समाजको यथार्थ चित्रण गरिएको र अझै पनी नेपाली समाजमा बूहारीलाई गरिने ब्यबहारको बास्तविकतालाई देखाउन खोजिएको छ ।
गीतको भिडियो क्रियटिभ मिडिया प्रडक्सनले तयार पारेको हो । पछिल्लो समयका व्यस्त, चर्चित र कुशल निर्देशक भुपेन बानियाले निर्देशन र सम्पादन गर्नुभएको म्युजिक भिडियोमा चर्चित कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा), अनु परुजाली, माया गिरि, नकुल ढकाल, वर्षा क्षेत्रीको अभिनय रहेको छ । यस भन्दा अगाडी कलाकार नकुल ढकालले लेख्नु भएको “चौतारीको बर” भन्ने गीत चर्चित रहेको छ ।
भिडियो
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )