पर्वत, साउन-१६, मोदी गाउँपालिकाले दलित समुदायका २४ जनालाई आधुनिक आरन अनुदानमा उपलब्ध गराएको छ। दलित सशक्तीकरण कार्यक्रमअन्तर्गत चार लाख ५२ हजार रुपैयाँ बराबरका आरनहरू उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताउनुभयो । आठ वडा रहेको मोदीका सबै वडा समेटेर आरन प्रदान गरिएको हो । एउटा आरनको मूल्य १८ हजार ८४० रुपैयाँ रहेको छ ।
परम्परावादी शैलीबाट काम गर्दा कुनै पनि काम छिटो नहुने, धेरै उत्पादन गर्न पनि नसकिने हुदा आधुनिक आरनले दलित समुदायको सशक्तीकरणमा टेवा पुग्नेगरी प्रत्येक वडा समेटेर आम्दानी राम्रो गर्दै आर्थिक अवस्थामा बिकास गर्न अनुदानमा आरन दिइएको हो।
गाउँ ठाउँमा रहेका आरनहरू आधुनिक र व्यावसायिक नबन्दा अहिले पनि गाउँमै किन्नुपर्ने हतियार र भाँडा किन्न बजार झर्नुपर्ने बाध्यता रहेको प्रशासकीय अधिकृत क्षेत्रीको भनाइ छ। गाउँका आरनबाट उत्पादन हुने भाँडा, औजार र हतियारले गाउँलाई थेग्न सकेमा त्यसले आर्थिक समस्यामा रहेको दलित समुदायलाई राहत हुनुको साथै गाउँको पैसा गाउँमा नै थामिने अवस्था आउने क्षेत्री बताउनुभयो ।
धेरै ठाउँमा यो पेसा छोडिएका छन् भने बाँकी रहेकाहरू पनि विस्थापनको खतरामा छन्। अझै पनि पाथी भर्ने प्रचलनमा आधारित रहेर दलित समुदायको पाको पुस्ताले आरन चलाउँदै आएका छन्। वर्षभरि हतियारमा धार लगाएर वा भाँडा मर्मत गरेर केही पाथी अन्न र केही तरकारीमा चित्त बुझाउनुपर्दा परिवार धान्नै मुस्किल भएपछि आरन पेसा सङ्कटमा परेको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )