पर्वत, साउन-१५, पछिल्लो २४ घन्टामा गण्डकीका ४६७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्ति अनुसार १ हजार २६३ जनामा गरिएको नमुना परीक्षणमा थप ४६७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४९२ जनाको नमुना परीक्षण गर्दा २०२ जना, तनहुँका ३६ जनाको परीक्षण गर्दा पाँच जना, गोरखाका १६० जनाको परीक्षण गर्दा ६० जना, लमजुङका १३१ जनाको परीक्षण गर्दा ४० जना, नवलपुरका १७७ जनाको परीक्षण गर्दा १०४ जना र स्याङ्गजाका ८० जनाको परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, पर्वतका ४४ जनाको परीक्षण गर्दा छ जना, बागलुङका ९८ जनाको परीक्षणमा १९ जना, म्याग्दीका ३२ जनाको परीक्षणमा तीन जना र मनाङ जिल्लाका १३ जनाको परीक्षण गर्दा दुई जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )