पर्वत, साउन-१४, पर्वतमा केहिदिन देखि तोडफोड तथा चोरीका घटनामा वृद्धि । चोरीका घटना बृद्दी भएपछि स्थानीय चिन्तित बनेका छन् गत हप्ता पर्वतको कुस्मा नगरपालिका वडा नं. १४ आर्थरमा एकैरात आधा दर्जन घर तथा कार्यालयहरुमा चोरी भएको थियो ।
स्थानिय अमृत गुरुङ्गको घरबाट साढे १३ तोला सुन र १ लाख नगद रुपैयाँ चोरी भयो भने भीमबहादुर क्षेत्रीको पसलबाट ५ हजार ५ सय नगद चोरी भएको थियो । चोरी गर्न पुगेको समुहले कुस्मा नगरपालिका वडा नं. १४ को कार्यालय, पञ्चकोशी मावि र देवी मन्दीरमा समेत तोडफोड र चोरी गरेको प्रहरीले जनाएको छ ।
यस्तै गत शनिवार राति अज्ञात समुहले महाशिला २ भोक्सिङको वडा कार्यलय भवन तोडफोड गर्नुका साथै स्थानीय राम प्रसाद शर्माको पसलबाट नगद २५ हजार, ख्यामलाल पौडेलको पसलबाट १६ हजार, र तारा गुरुङको पसलबाट नगद ६ हजार र खाद्यान्नका सामग्री चोरी गरेको छ ।
जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, महाशिला गाउँपालिका र विहादी गाउँपालिका लगायत अन्य पालिकामा चोरले आतङ्क मचाएका छन् । चोरी र तोडफोडको घटना बढेपछि विभिन्न पालिकामा युवा, प्रहरी लगायतले समूह बनाएर गस्ती गर्न थालेका छन् । प्रहरी नायब उपरिक्षक शिवराज बुढाथोकीले चोरीका घटना एउटै प्रकृतिको भएकाले चोरी गर्ने समुह एउँटै भएको हुन सक्ने बताउनुभयो । बुढाथोकीले चोरी गर्नेको प्रहरी निरिक्षकको नेतृत्वमा विषेश अनुशन्धान टोली नै बनाएर खोजी कार्य गरिरहेको समेत बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )