बागलुङ, साउन-१४, कालिगण्डकी नदीमा बागलुङका दुई बालक बेपत्ता भएका । बिहिबार दिउँसो कालीगण्डकी चार जना मिलेर पौडी खेल्न गएकामध्ये बिहिबार दिउँसो दुई बालकलाई कालीगण्डकी नदीले बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बेपत्ता हुनेहरुमा ताराखोला गाउँपालिका वडा नंं ५ का यामबहादुर पुन र सोही गाउँपालिका वडा नंं १ का अभिषेक बिक छन् । उनीहरु दुवै जना १३ बर्षका हुन् । चारमध्ये अन्य २ जना भने उत्रन सफल भएका छन् । उत्रेका दुई बालक बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरका ११ बर्षिय भीषण पुन र प्रश्न विक रहेका छन् ।
बिहिबार दिउँसो १ बजे बागलुङ नगरपालिका वडा नंं १ को निरयघाटमा पौडिने क्रममा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुने बिक रुद्रे पिपल मावि र पुन न्यू ओएसिस माविमा कक्षा ७ मा अध्ययरत हुन् । ती बालक बगेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय र बिपत् व्यवस्थापन गुल्मबाट टोली खटाइएको थियो । उनीहरुको खोजी गरिरहेपनि अहिलेसम्म पत्ता लगाउन नसकिएको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )