काठमाडौँ, साउन-१०, नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवासँगै रहने गरी श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिलेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य राज्यमन्त्री बनेको श्रेष्ठ लिटिल एन्जलस स्कुलका सञ्चालकसमेत हुन् । श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुन् । योसँगै देउवा नेतृत्वको मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय मागेपछि प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन् । मन्त्रालय भागबण्डामा कुरा नमिल्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )