जलजला, साउन-७, टोकियो ओलम्पिकमा पुरुष फूटबलका स्पर्धाहरु बिहीबार शुरु भएका छन् । १६ टिमलाई बिभिन्न ४ समूहमा विभाजन गरी बिहीबारबाट स्पर्धा शुरु भएको हो । समूह ए मा आयोजक जापानसहित फ्रान्स, मेक्सिको र साउथ अफ्रिका छन् ।
समूह बी मा दक्षिण कोरिया, न्युजिल्याण्ड, होण्डुरस र रोमानिया हुँदा समूह सी मा अर्जेन्टिना, स्पेन, ईजिप्ट र अष्ट्रेलिया छन् । समूह डी मा भने ब्राजिल, जर्मनी, आईभोरी कोष्ट र साउदी अरेबियाले प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिकमा सहभागी हुने सबै पुरुष फूटबल टिम २३ वर्ष मुनिका हुनेछन् ।
पुरुष स्पर्धाको उद्घाटन खेलमा अहिले समूह सी मा स्पेन र इजिप्टबीच खेल भइरहेको छ । सोही समूहको अर्को खेलमा अपरान्ह सवा ४ बजे अर्जेन्टिना र अष्ट्रेलियाबीच खेल हुनेछ ।
समूह ए को खेलमा दिउँसो पौने एक बजे मेक्सिको र फ्रान्सबीच खेल हुनेछ । सोही समूहको अर्को खेलमा साँझ पौने ५ बजे साउथ अफ्रिकाले आयोजक जापानको सामना गर्नेछ ।
समूह बीको खेलमा दिउँसो पौने २ बजे न्युजिल्याण्ड र दक्षिण कोरिया तथा साँझ पौने ५ बजे होण्डुरस र रोमानिया आमने सामने हुनेछन् ।
ग्रुप अफ डेथको रुपमा रहेको समूह डी को खेलमा भने दिउँसो सवा २ बजे आईभोरी कोष्ट र साउदी अरेबियाबीच खेल हुँदा साँझ सवा ५ बजे ब्राजिल र जर्मनी आमने सामने हुनेछन् ।
पुरुष फूटबलको फाइनल खेल अगष्ट ७ मा हुनेछ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )