लमजुंग, साउन-४, लमजुङमा करेन्ट लगेर एक बालिकाको ज्यान गएको छ । आफ्नै घरमा टिभी खोल्ने क्रममा करेन्ट लागेर राइनास नगरपालिका–७ सालफेदीकी सृष्टि पाण्डेको बिहान ८ः३५ बजे ज्रायान गएको हो । सालफेदीकी राकेश पाण्डेकी आठ वर्षीया छोरी टिभी खोल्ने क्रममा सृष्टिले सेटअप बक्समा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बक्समा तार सर्ट भएको र हाई भोल्टेजका कारण करेन्ट लागेर मृत्यु भयो ।” बालिकालाई उपचारका लागि तत्काल सोही वडामा रहेको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लगे पनि चिकित्सकले मृतक घोषणा गरेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )