पर्वत, असार-३१, बिहीबार गण्डकीमा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३६० जना संक्रमित थपिएका हुन् ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १८२ जना, तनहुँका १७ जना, गोरखाका ३९ जना, लमजुङका नौ जना, नवलपुरका ६० जना र स्याङ्गजाका २१ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका एक जना, बागलुङका २६ जना र म्याग्दीका जिल्लाका पाँच जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी बिहीबार गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका तीन जना, पर्वतका एक जना, स्याङ्गजाका एक जना र कास्कीम जिल्ला पोखरा महानगरपालिकाका एक जना रहेको निर्देशनालयले जनाएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )