म्याग्दी, असार-३०, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओढेर बस्ने गरेका छन् ।
जीर्ण भएको स्वास्थ्यचौकीको भवमा पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओढेर बस्नु परेको हो । स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहका अनुसार भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता ओढेर सेवा दिने गरिएको छ ।
स्वास्थ्य चौकीको आफ्नै भवन नभएको र आमा समुहको भावनामा स्वास्थ्यचौकी सञ्चालन भइरहेको छ आमा समूहको भवन जीर्ण बनेर पानी चुहिन थालेको जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले बताउनु भयो । भवन अभावका कारण करिब एक हजार घरधुरीले सेवा लिने स्वास्थ्यचौकीको कामकाज प्रभावित बनेको छ ।
सिङ्गो स्वास्थ्यचौकीमा दुईवटा कोठा मात्रै छन् । एक कोठामा प्रशासन र औषधि भण्डारण कक्ष बनाइएको छ । बहिरङ्ग, सोधपुछ र प्रसूति कक्ष एउटै कोठामा सञ्चालन भएको छ । पर्याप्त कार्यकक्ष नहुँदा सेवा प्रवाहमा समस्या भएको र स्वास्थ्यचौकीको प्रसूति गराउने कोठाको शय्यामा पानी चुहिने भएकाले समस्या भएको जनस्वास्थ्य निरीक्षक शाहले भन्नुभयो ।
स्वास्थ्य चौकीमा दैनिक १० जनाको हाराहारीमा सेवाग्राही आउने गर्छन् ।
स्थानीय वासी पृथीलाल खत्रीको परिवारले स्वास्थ्य च्गौकी निर्माणको लागी आठ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ तर बजेट अभावले निर्माण हुन नसकेको वडा अध्यक्ष पदम पुनले बताउनुभयो । उहाँले स्वास्थ्यचौकीको भवन बनाउन जग्गा प्राप्त भएपनि बजेट अभावमा कार्यान्वयन हुन नसकेको वडाध्यक्ष पदम पुनले बताउनुभएको छ उहाँले भवन बनाउन नगरपालिकामार्फत प्रदेश र सङ्घीय सरकारमा प्रस्ताव गरिएको बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )