काठमाडौँ , असार-३०, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले माधवकुमार नेपाल सँग छलफल गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अर्को दिन बुधबार बिहान श्रेष्ठ र गौतम नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्। बिहान सुरूमा श्रेष्ठ कोटेश्वर पुगेका थिए भने केही समयपछि गौतम पुगेका थिए। अझै पनि राजनीतिक रस्साकस्सिको कुन चै चाबी माधव नेपालसंग छ भन्ने बारेमा कार्यकर्ता चकित नै छन् ।
स्रोतका अनुसार नेपाल र श्रेष्ठबीच गठबन्धनबारे छलफल भएको थियो। गौतमसँग भने नेपालले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीभित्रका विवाद समाधान गर्ने विषयमा कुराकानी गरेका थिए।
यसअघि गौतमले नेता नेपालले एमाले पार्टी फुटाए आफूले सहयोग गर्ने बताएका थिए। पछिल्लो समय उनी अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा पनि सहभागी भएका थिए।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )