काठमाडौँ, असार-२८, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू सधैँ विपक्षी गठबन्धनमा रहन नसक्ने स्पष्ट पार्नुभएको छ । उहाँले विपक्षी गठबन्धनको बैठकमा यस्तो बताउनु भएको हो ।
“यो गठबन्धनले एउटा चरण पार गर्यो । निरन्तर रहन सक्ने अवस्था हुँदैन,” माधव नेपालको भनाई उद्धृत गर्दै नेता रघुजी पन्तले भन्नुभयो, “पार्टी एकतामा जाने हुनाले अब बुझिदिनुहुनेछ । सरकारमा जाने कि नजाने भन्ने निर्णय स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकले गर्नेछ ।”
पन्तका अनुसार सिंगो नेकपा एमाले एकताबद्ध बनाउने प्रयास रहनेछ । “लोकतन्त्रको लडाईँको लागि थियो । संघीयताको रक्षाको लागि थियो । नागरिक अधिकारको रक्षाका लागि थियो,” नेपालको भनाई उद्धृत गर्दै पन्तले भने, “जनताका अधिकार र हितमा जहिले पनि काम गर्न सक्नुपर्छ । अब बन्ने सरकारले त्यस दिशामा काम गर्न सकोस् । हाम्रो पार्टी विभाजित अवस्थामा थियौँ । केही दिनदेखि परिवर्तित अवस्था देखिएको छ । पार्टी निर्माणको कामलाई ध्यान दिनुपर्नेछ ।”
बाह्रखरिको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )