म्याग्दी, असार-२७, म्याग्दीमा संचारकर्मी माथि दुर्ब्यवहार भएको छ समाचार संकलनको लागि म्याग्दीको जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारद्धय धिरनबहादुर खत्री र साधन राम्जाली माथि प्रजिअ गणेशबहादुर अधिकारीले दुब्र्यहार गरेका हुन् । द्धन्द्ध पिडित अधिकार मञ्च म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रकार राम्जाली र खत्रीलाई समाचार, तस्बिर र दृष्य संकलन गर्न रोक लगाएर प्रजिअले कार्यकक्षबाट निकालेका हुन् ।
आईतबार दिउसो कार्यालयमा द्वन्द पीडित संवद्ध संघसंस्थाहरुले न्याय प्रतिको उत्तरदायित्वबोध र विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रियाको अवलम्वनको माग विषयमा ज्ञापनपत्र बुझाउन द्वन्द पीडित मञ्चका अध्यक्ष सुरेन्द्र खत्रीको नेतृत्वमा पुगेको टोलीले प्रजिअ अधिकारीलाई ज्ञापनपत्र पढेर सुनाउने क्रममा पत्रकारद्धयले तस्विर र भिडियो लिने क्रममा प्रजिअ अधिकारीले दुर्ब्यबहार गरेका हुन् ।
दृष्य र तस्बिर खिच्न रोक लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग तथा दूर्ब्यवहार गर्दै कार्य कक्षबाट बाहिर निकालिएको म्याग्दी न्यूजका प्रकाशक समेत रहेका राम्जालीले बताए । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सह–सचिव रहेका राम्जाली न्युज२४ टिभी, आदर्श समाज दैनिक, म्याग्दी न्युज डटकम साधारण सदस्य खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, सम्बृद्ध साप्ताहिक, कोरला पोष्टलगायत सञ्चार माध्यममा आवद्ध छन् ।
पत्रकारमाथि भएको दुर्ब्यवहारप्रति प्रेस चौतारी म्याग्दी म्याग्दी मिडिया सोसाइटी, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले पनि बिरोध र आपत्ती जनाएका छन् । प्रजिअ अधिकारीले भने पत्रकारलाई नचिनेर युट्युवर ठानेर अनुमति मागेर तस्बिर खिच्न अनुरोध गरेको प्रतिक्रिया दिएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )