पर्वत, असर-२७, नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै पर्वतमा पनि नेतृत्वका लागि चर्चा हुन थालेको छ । काँग्रेसको केन्द्रीय समिति बैठकले जिल्ला अधिवेशन साउन २६ गते गर्ने निर्णय गरेसँगै जिल्ला नेतृत्वका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् ।
पर्वतमा काँग्रेसमा नेतृत्व हत्याउनका लागि आकांक्षीहरुको भीड लाग्न थालेको छ । आगामी महाधिवेशनमा काँग्रेसको जिल्ला सभापति बन्नका लागि पुरानादेखि नयाँ पुस्ताका एक दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।
वर्तमान कार्यसमितिका सभापति खिमप्रसाद भुसाल, कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, काँग्रेसमा निवर्तमान कोषाध्यक्ष रामकृष्ण मल्ल, बसन्तबहादुर सिके, दुर्गाबहादुर खत्री, नवराज गुरुङ, राम शर्मा पौडेल, खगेन्द्र तिवारी, राजेन्द्र तिवारी, रामचन्द्र जोशी, गंगाधर तिवारी, विश्वप्रकाश प्रसाई र गंगाराज शर्माले सभापतिमा उमेदवार बन्न लबिङ गरिरहेका छन् । आकांक्षीमध्ये, बसन्तबहादुर सीके, दुर्गाबहादुर खत्री, खगेन्द्र तिवारी, रामचन्द्र जोशी र गंगाराज शर्मा पौडेल समूहका हुन भने अन्य देउवा समूहका हुन् ।
जिल्लामा देउवा समूहमै समेत दुई प्यानल रहेको बताइन्छ । देउवा निकट मानिने प्रभावशाली नेता अर्जुन जोशीले समर्थन गर्ने उम्मेदवारविरुद्ध देउवा समूहकै नेताहरु असहयोग गर्ने रणनीतिमा छन् । जोशी विरुद्धको देउवा समूह र पौडेल समूहबीच जिल्लामा नेतृत्वका लागि तालमेल हुने सम्भावना रहेको बताइएको छ ।
जिल्ला नेतृत्वका लागि शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ अर्कोतिर देउवा पक्षले पनि पौडेल पक्षलाई कसरी कमजोर तुल्याउन सकिन्छ भन्नेबारे आवश्यक रणनीति बनाउन थालेको छ । गण्डकी पौडेलको गृह प्रदेश रहेकाले पनि गण्डकीमा पौडेलको प्रभाव राम्रो रहेको मानिन्छ । रातोपाटीको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )