जलजला, असार-२७, मल्लाज कोरिया सम्पर्क समाजले अभिभावक बिहिन विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ । समाजले समाजकल्याण प्राथमिक विद्यालयमा अध्ययन गर्ने अभिभावक बिहिन ५ जना बिद्यार्थी हरुलाई सहयोग गरेको हो । अभिभाबक बिहिन विद्यार्थीहरु इशा पाख्रिन, आश्था नेपाली, आशा नेपाली, बिबस नेपाली र समिसा नेपालीलाइ जनही ५ हजार प्रदान गरिएको छ ।
कार्यक्रममा सम्पर्क समाजका पुर्व अध्यक्ष बाबुराम कार्की, प्रतिनिभी पूर्ण बरुवाल र सुरज जिसीले छात्रवृत्तिको रकम वितरण गर्नुभएको हो । त्यसैगरी विद्यालयमा मल्लाज- कोरिया समाजले गरिब, बिपन्न, बेसाहारा र जेहन्दार बिद्यार्थी हरुको लागि १ लाख ११ हजार १ सय ११ रूपैंया विद्यालयका प्रधानध्यापक डम्मर जिसीले ३ हजार ३ सय ३३ रुपैया थप गरि कुल १ लाख १४ हजार ४ सय ४४ को अक्षकोष को स्थापना गरिएको छ ।
कार्यक्रममा छात्रवृत्ति बितरण, वार्षिक परीक्षा २०७७ को पुरस्कार बितरण र कक्षा ५ उत्तीर्ण गरेर अन्य विद्यालयमा जाने बिद्यार्थीहरुलाई बिदाई समेत गरिएको थियो ।
कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बागबिर दमाइ, जलजला गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं २ का अध्यक्ष गोबिन्द खत्री, प्रधानाध्यापक डम्मरबहादुर जिसीको स्वागत र शिक्षक इन्द्र बहादुर विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयका प्राधानाध्यापक डम्बरबहादुर जिसीले बताउनु भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )