पर्वत, असार-२७, घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए।
मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका थिए। डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो। अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले गरेको गोल नै निर्णायक भयो ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधिको खडेरीसमेत तोडेका छन् । क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए । अर्जेन्टिनाले २८ वर्षपछि ठूलो प्रतियोगितामा उपाधि जित्न सफल भयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )