पर्वत, असार-२२, पर्बतको मोदी गाउँपालिकामा पहिरोका कारण ३३ घर उच्च जोखिममा परेका छन् । मोदी गाउँपालिकामा-२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिराका कारण बस्ति जोखिममा परेका हुन् । बन क्षेत्रको करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा र माथिल्लो क्षेत्रका घर पहिरोले तान्ने अवस्थामा रहेका छन् ।
वडा नं २ को सुनचापमा रहेका १४ घर पुरिने खतरामा परेका छन् । यस्तै पहिरो खसेको ठाउँको मुखैमा पर्ने सालघारीका दुई घर र डिहीँका दुई घर गरी १६ घर सबैभन्दा बढी जोखिममा छन् । त्यसबाहेक कानदेउरालीका दुई घर, दोबाटाका तीन घर, डढुवाबारीबाट बढहरेसम्मका करिब १० घर पनि पहिरोले तान्न सक्ने अवस्थामा पुगेको छन् । पहिराभन्दा तल पातीचौरको क्षेत्रमा लाखौँ लगानी गरिएका कृषि फार्म पनि पुरिने खतरामा छ । वनबाट शुरु भएको पहिराले ठाउँ छाडेर १० मिटरभन्दा बढी तल सरेको छ । वर्षा भएको बेलामा माथिबाट करिब १५ हेक्टर क्षेत्रफलको भाग पूरै बगेर आउने उच्च जोखिम छ । पातिचौरका शिक्षक बसन्त बिक्रम तिमिल्सिनाले बताउनुभयो ।
मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले पहिराको जोखिममा रहेका नागरिकको ज्यान जोगाउन बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको बताउनुभयो । जमीन लच्किएको ठाउँबाट साना पहिरा हरेक वर्ष खस्दै आएका कारण समस्या भइरहेको भन्दै उहाँले पहिरो रोक्न सक्ने उपाय नै नभएको उल्लेख गर्नुभयो । गोरखापत्र अनलाइनको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )