क्युत्सु, जापान,जुलाई-५, गैर आवासीय नेपाली संघ NRNA क्युस्युले जानकारी मुलक अनलाइन कार्यक्रमको आयोजना गर्ने भएको छ ।म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय कार्यसमिति क्युस्युको व्यवस्थापन र दृष्टिपथ अनलाइन मिडियाको सहयोगमा सो जानाकारी मुलक कार्यक्रम आयोजना गर्न लागिएको हो ।
जापानमा बसोबास गर्ने नेपालीहरु तथा आगामी दिनमा जापान आउन चाहनु हुनेकोलागी प्रक्रिया, जापान आइसकेपछिको अवस्था प्रक्रिया र नीतिनियमको बारेमा जानकारी गराउन कार्यक्रम गर्न लागिएको मोना क्युस्यु अध्यक्ष तथा NRNA क्युस्यु सदस्य उज्ज्वल बानियाले बताउनुभयो ।
” अनलाइन कार्यक्रम “जापानको सम्भावना र चुनौतीमा अग्रजको सुझाब” अब छिट्टै तपाईहरुको माझमा लिएर आउँदै छौ ।” उहाँले भन्नु भयो । कार्यक्रम प्रसारण प्रत्येक महिनाको पहिलो शनिबार बेलुका ९:१५ बजे जापनको समय बेलुका ६:०० बजे नेपालको समय प्रसारण हुने बताइएको छ।
कार्यक्रम को बारेमा NRNA क्यूस्यू फेसबुक पेज @nrnakyushu19 मोना क्युस्यू फेसबुक पेज @monakyushujapan दृष्टिपथ अनलाइन मिडिया फेसबुक पेज @drishipathnews युट्युब च्यानल information center मार्फत प्रकाशन र प्रसारण गरिने बानियाले जलजला अनलाइनलाई बताउनु भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )