काठमाडौं, असार-२०, अत्यावश्यक काम विशेषले काठमाडौं उपत्यकामा लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारी प्रवेश गर्न पाउने भएका छन् । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीको बैठकले लामो दुरीका गाडीलाई पनि प्रवेश गर्न दिने निर्णय गरेका हुन् । सम्बधित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई सवारी साधनहरु काठमाडौं उपत्यकामा प्रवेश गर्न पाउने छन् ।
यसैगरी, सार्वजनिक तथा निजी सवारी चलाउँदा गाडीको स्वीकृत सिट भन्दा बढी क्षमता भन्दा बढी यात्रु नपाइने भएको छ । साथै, सबै यात्रुले अनिवार्य मास्क लगाउनु पर्नेछ भने मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जारी गरेको आदेशमा उल्लेख छ ।
चालक र सहचालकले अनिवार्य, मास्क, भाइजर र पन्जा लगाउनु पर्ने उल्लेख गरिएको छ । सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गाडीवालाले गर्नुपर्ने छ । गोरखापत्र अनलाइनबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )